बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजिनामा
हेटौंडा–बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएसंगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको थियो ।
पाण्डेले हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर शुक्रबार राजीनामा बुझाएका थिए । पार्टीको आन्तरिक छलफलको क्रममा मुख्यमन्त्रीले राजीनामा दिने बताए पनि कानुन बाध्यता नभएपछि अलमलमा परेका थिए । मुख्यमन्त्री पाण्डे नेकपा (एस) को संघीय सदनको उपनेता समेत हुन् ।