बागमती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने

साझाकुरा
२०७९ पुष ९, शनिबार १३:३५

हेटौंडा-बागमती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको छ । ४ मंसिरमा भएको निर्वाचनबाट बागमती प्रदेशसभाको दोस्रो कार्यालको लागि निर्वाचित सांसदहरुको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको हो । शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले सांसदहरुलाई शपथ गराउनेछन् । प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउनेछन् । उनले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आगामी अधिवेशनको सुरुवात गर्नेछन् । ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशन सञ्चालन हुनेछ । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ ।

सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित ढुंगानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन् ।
निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी ७२ वर्षीया हुन् । उनको जन्म २००६ साल असोज २ गते भएको थियो । त्यस्तैगरि बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक १७ गते बस्ने सहमती सर्वदलीय बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*