मकवानपुरे खेलाडी अन्जन विष्ट सम्मानित

साझाकुरा
२०७९ पुष ९, शनिबार १३:३७

हेटौंडा-नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य मकवानपुरे खेलाडी अन्जन विष्ट सम्मानित भएका छन् । विष्टलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा छत्रबहादुर थापा स्मृति स्ट्रस्टले सम्मान गरेको हो । उनलार्ई मुख्य अतिथी नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मान गरेका थिए । विष्टले सम्मानसहित ५० हजार प्राप्त गरे ।

तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो । यस अघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए । नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन् । एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए ।

१२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए । यसैगरी कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*