राष्ट्रिय आविष्कार केन्द्रमा गढीको कोदो

साझाकुरा
२०७९ पुष १३, बुधबार १२:३२

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–४ कालिखोलामा उत्पादन भएको कोदो राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंमा पुगेको छ । आविष्कार केन्द्रले उत्पादन गरेको कोदो टिप्ने मेशिन, सुकाउने सोलार ड्रायर र झार्ने मेसिन परीक्षणका लागि यहाँको कोदो लगिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए ।२०७६ सालमा युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गरिएको छ । जनस्तर र विदेशीको सहयोगमा करिब आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो ।

नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको बताइएको छ । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनैपनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको सो केन्द्रका अध्यक्ष महावीर पुनले बताए । केन्द्रले विभिन्न खालका उपकरणहरु उत्पादन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*