बढ्दो व्याजदरको विरोध गर्दै हेटौडामा प्रदर्शनी

साझाकुरा
२०७९ पुष १४, बिहीबार १५:२२

हेटौडा- बैक तथा वित्तिय संस्थाको बढ्दो व्याजदरको विरोध गर्दै हेटौडामा प्रदर्शनी भएको छ। बिहीबार मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायीले चर्काेव्याजदरको विरोधमा हेटौडामा विरोध प्रदर्शन गरेको हो। हेटौडाको मुख्य बजार क्षेत्र सिमाचोक बुद्धचोकमा व्यवसायीहरुले प्लेकार्डमा विभिन्न खालका नारा लेखेर कालो व्यानर सहित नारावाजी गर्दै प्रदर्शनी गरेका थिए । व्यवसायीहरुले बैक तथा वित्तिय संस्थाहरुले आफूखुशी व्याजदर बढाइरहेको र आर्थिक मन्दीका कारण व्यवसाय नै धरासयी भएकोले तत्काल समस्याको समधान गरिदिन नेपाल सरकार समक्ष माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*