दुई वडाले पुरस्कृत हुँदै जिते २० र १५ लाख

साझाकुरा
२०७९ पुष १५, शुक्रबार ११:४८

नगरसभाको अबसरमा उपमहानगरपालिकाले कार्यसम्पादनका आधारमा दुई उत्कृष्ट वडालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा १४ नम्बर वडा पहिलो र १५ नम्बर वडा दोस्रो भएका छन् ।आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडा स्तरीय कार्यक्रम समयमै कार्यकुशलता पूर्वक कार्यान्वयन गर्ने क्रममा १४ र १५ नम्बर वडालाई पुरस्कृत गरिएको हो ।

पुरस्कार स्वरुप १४ नम्बर वडाले २० लाख रुपैयाँको थप बजेटसहितका योजना र १५ नम्बर वडाले १५ लाख रुपैयाँको थप बजेटसहित योजना पाएको छ । १४ नम्बर वडाका अध्यक्ष दिपक खड्का र १५ नम्बर वडाका अध्यक्ष सुनिल मोक्तान पुरस्कृत भएका छन् । उनीहरुले वडालाई उत्कृष्ट बनाउने भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*