नागस्वती भेट्रान्स कप फुटबलको हिसाब सार्वजनिक

साझाकुरा
२०७९ पुष १६, शनिबार ०८:२९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–७, स्थित नागस्वती भेट्रान्स क्लबले यसअघि आयोजना गरेको नागस्वती भेट्रान्स रनिङ शिल्ड कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक
गरेको छ ।क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो । क्लबका सचिव प्रदीप गौतमले गत १८ भाद्रदेखि २२ गतेसम्म भएको प्रतियोगितामा १९ लाख ९३ हजार ३५ रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । उनले प्रतियोगिताका लागि स्थानीय तहसँगै विभिन्न संघ संस्थाहरु तथा स्वदेश र विदेशमा रहेका नेपाली फुटबल प्रेमीहरुसहित गररे १९ लाख १५ हजार ९ सय ८८ रुपैयाँ आम्दानी उठेको बताए ।

प्रतियोगिताको लागि स्थानीय तह र संघसंस्थाहरुबाट ७ लाख ५७ हजार २ सय ११ रुपैयाँ आम्दानी उठ्न बाँकी रहेको क्लबले जनाएको छ । क्लबका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगिता
राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगितालाई निरन्तरता दिने बताए । उनले आगामी वर्षहरुमा पनि भेट्रान्स कप हुने बताउँदै व्यावसायिक फुटबल खेलाडी उत्पादनको लागि युवाहरु लक्षित प्रतियोगिता गर्ने तयारी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*