सगरमाथा साकोसको ऋण लगानी साढे १५ करोड

साझाकुरा
२०७९ पुष १६, शनिबार ०८:४०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४, स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८÷०७९ मा साढे १५ करोड ऋण लगानी गरेको छ ।
शेयर सदस्यहरुलाई उत्पादनका क्षेत्रमा सहभागी गराउन सहकारीले १५ करोड ५१ लाख रुपैयाँ ऋण लगानी गरेको सहकारीले जानकारी दिएको छ । हेटौंडामा भएको साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सेयर पूँजी ९३ लाख ६८ हजार रुपैयाँबाट बृद्धि भई २ करोड ५३ लाख रुपैयाँ पुगेको उल्लेख छ । सहकारीले आर्थिक वर्ष २०७८÷७९ को अन्त्य सम्ममा बचत संकलन १९ करोड ३२ लाख गरेको अध्यक्ष आयुषकुमार डोटेलले जानकारी दिए ।

सहकारीको सेयर सदस्य र सेयर पूँजीमा उल्लेख्य बृद्धि भएको जनाइएको छ । सहकारीका अध्यक्ष डोटेलले शेयर सदस्य ५ हजार एकसय ५३ जना पुगेको जानकारी दिए ।आर्थिक वर्ष २०७७÷०७८ मा ३ हजार २ सय ८८ जना शेयर सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०७८÷०७९ मा ५ हजार १ सय ५३ जना शेयर सदस्य पुगेको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष डोटेलको अध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*