पुस २४ गतेबाट बागमती गोल्डकप

साझाकुरा
२०७९ पुष १७, आईतवार ०९:५७

हेटौंडा- बागमती गोल्डकप फुटबल प्रतियिगिताको पाँचौं संस्करण आगामी पुस २४ गतेबाट हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले बागमती गोल्डकप फुटबल प्रतियिगिता पुस २४ गतेबाट माघ ३ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा एक विदेशी क्लबसहित १० टिमको सहभागिता रहनेछ । बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले प्रतियोगितामा अमेरिकन क्लब भुटनिज युथ स्पोर्ट्स क्लबसहित ए डिभिजनका ७ वटा र मोफसलको २ वटा टिमको सहभागिता रहने बताए ।

उनले फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीहरुको बीचमा भ्रातृत्वको विकास गर्न प्रतियोगितालाई निरन्तरता दिन लागेको बताए । प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज क्लब, मकवानपुर–११ र जावलाखेल युथ क्लबको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ८ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही दश÷दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाख खर्च हुने आयोाजकको अनुमान छ । खेल बागमती–८, फापरबारीस्थित जनता माविको मैदानमा हुनेछ । चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनलाई
हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*