बागमतीको सभामुख र उपसभामुख निर्वाचन पुस अन्तिममा

साझाकुरा
२०७९ पुष १९, मंगलवार ११:०४

हेटौंडा- बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख र उपसभामुख चयन प्रक्रिया अगाडि बढेको छ । हेटौंडा–१०, स्थित प्रदेशसभा सचिवालयमा सोमबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयनका लागि निर्वाचनको मिति तय गरेको छ । ११ औं अधिवेशन सुरुवात गर्नुअघि सोमबार बिहान प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक भएको थियो । बैठकले प्रदेशसभाको सभामुख र उपसमाभुख पुस अन्तिममा दुई दिन लगाएर चयन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुखको निर्वाचन २८ पुसमा गर्ने सहमति जुटेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यसैगरी, उपसभामुख चयन २९ पुसमा हुने सर्वदीय सहमति भएको छ । सभामुख र उपसभामुख चयनका लागि २७ पुसमै मनोनयद दर्ता गर्नुपर्ने भएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ गठबन्धनभित्र सभामुख र उपसभामुख कसले पाउने टुंगो लागिसकेको छैन् । नेताहरुका अनुसार गठबन्धनमा सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेसँगै सभामुख र उपसभामुखको पनि भागबण्डा लाग्ने भएको हो ।

हालसम्म सभामुखका लागि माओवादी केन्द्रबाट निवर्तमान उपसभामुखसमेत रहेकी राधिका तामाङको चर्चा छ । तर, उनको दाबी पनि सरकारको भागबण्डासँग निर्भर छ । प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख र उपसभामुख चयन भएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश
सभामा सम्बोधन गर्ने सर्वदलीय सहमति छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*