भेट्रान्स फुटबलः चार खेल सम्पन्न

साझाकुरा
२०७९ पुष २१, बिहीबार ११:१५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी आठौं राष्ट्रिय भेट्रान्स फुटबलमा बुधवार चार खेल भएका छन् ।
‘एट ए साइड’ फुटबल प्रतियोगितामा नागस्वती भेट्रान्सलाई हराउँदै एक्स भेट्रान्स पोखरा विजयी भएको छ । निर्धारित समयको खेल गोलरहित गोलरहित बराबरी भएपछि टाइब्रेकरमा एक्स ३–२ गोलले विजयी भएको हो । खेलमा एक्स भेट्रान्सका दीपेन्द्र शाही म्यान अफ द म्याच भएको आयोजक हेटौंडा भेट्रान्सका महासचिव कविन संगामीले जानकारी दिए ।

हेटौंडा भेट्रान्स सुपरले बीरगञ्ज भेट्रान्स पर्सालाई टाइब्रेकरमा हराएको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । हेटौंडाले वीरगञ्जलाई ५–४ गोल अन्तरले हराएको हो ।खेलमा बीरगञ्जका ऋतुकुमार शाक्य म्यान अफ द म्याच चुनिए । बुधबार नै भएको खेलमा बीरगञ्ज सिटीलाई २–० ले हराउँदै एमएमसी काठमाडौं विजयी भएको छ । एमसीसीको तर्फबाट प्रकाश राना मगर र शिशिरबहादुर हमालले गोल गरेका हुन् । खेलमा प्रकाश राना मगर म्यान अफ द म्याच भए ।

अभिषेक चर्च नवलपरासीलाई टाइब्रेकरमा हराउँदै बानेश्वर भेट्रान्स अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समय दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेपछि टाइब्रकेरमा बानेश्वर ७–६ गोल अन्तरले विजयी भएको हो । निर्धारित ९० मिनेटभित्रको खेलमा बानेश्वरका नारायण कार्की र अभिषेक चर्चका गणेश श्रेष्ठले गोल गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार, उपविजेताले ५५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ । प्रतियोगितामा म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*