एबीसी र सिमरा भेट्रान्स कपको सेमिफाइनलमा प्रवेश

साझाकुरा
२०७९ पुष २२, शुक्रबार ०९:३४

हेटौंडा-एबीसी भेट्रन्स पोखरा, एम.एम.सी काठमाडौं र सिमरा भेट्रान्स बारा हेटौंडामा जारि आठौं संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा हेटौंडा भेट्रान्स ‘ए’लाई हराउँदै एबीसी पोखरा र आयोजक हेटौंडा भेट्रान्स ‘बी लाई हराउदै सिमरा भेटूान्स सेमिफाइनल प्रवेश गरेको हो । एबीसी पोखराले हेटौंडालाई ५–१ गेल अन्तरले पराजित गरेको गर्यो । पोखराको जितको लागी बिजय गुरुङले ह्याट्रिक गरे भने हरिबहादुर खड्काले थप २ गोल गरे । हेटौंडाका तर्फबाट प्रशान्त पाख्रिनले सान्त्वना एक गोल फर्काए ।

यस्तै एम.एम.सी काठामडौं एक्स भेट्रान्स पोखरालाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । उसको जितका लागी शिशिरबहादुर हमालले एकमात्र निर्णायक गोल गरे । यसैगरी विहीबारकै खेलबाट सिमरा भेट्रान्स बारा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सिमराले सेमिफाइनल पुग्नेक्रममा आयोजक हेटौंडा भेट्रान्स ‘बी लाई १–० गोल अन्तरले मिफाइनल प्रवेशका लागी शुक्रबार बिहान जोरपाटी भेट्रान्स काठमाडौं र बानेश्वर भेटूान्स काठमाडौं बीच खेल हुने आयोजक हेटौंडा भेट्रान्सका कविन सांगामीले जानकारी दिए । सोमिफाइनलका खेलहरुपनि भोली नै हुने सांगामीको भनाई छ ।

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको विभिन्न स्थानका १७ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार एकसय ११ तथा उपविजेताले ५५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*