प्रभावकारी बन्दै एक विद्यालय एक नर्स कार्यक्रम

साझाकुरा
२०७९ पुष २८, बिहीबार १०:३०

हेटौंडा- बागमती प्रदेश सरकारले ल्याएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कार्यक्रमअन्तर्गत् हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ ।
सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमा सो विषय जनाइएको छ । कोरोना महामारीको समयमा सात प्रदेशमध्ये बागमतीमा शत्प्रतिशत कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव बद्रीबहादुर खड्काका अनुसार चालु आर्थिक वर्षको २०७९÷८० मा तीन करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरी वाग्मती प्रदेशको प्रथम आयुर्वेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ ।मकवानपुरको विभिन्न स्थानमा आयुर्वेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ । हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एमआरआई मेसिन खरिद गरी हस्तान्तरण समेत भइसकेको प्रतिवेदनमा उल्लेख छ । बागमती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचारसम्बन्धी कार्यक्रम गरिएको छ ।

अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उनले जानकरी दिए । कोरोना महामारीको संक्रमण रोकथाम रडेंगु रोग नियन्त्रण गर्न सोअवधिमा विभिन्न कार्यक्रम गरिएको बताइएको छ ।
यसैबीच, मकवानपुरमा डेंगु संक्रमितको संख्या हालसम्म पाँचहजार आठसय १० पुगेको सो मन्त्रालयअन्तर्गत्को जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

सो तथ्याड्ढ गत साउनदेखि आजसम्मको रहेको छ । जसमा तीन हजार एकसय ८२ पुरुष र दुई हजार ६ सय २८ महिला छन् । डेंगु संक्रमित जिल्लाको १० स्थानीय तहमध्ये बढी हेटौँडा उपमहानगरपालिकामा रहेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*