‘एक विद्यालय, एक नर्स’ कार्यक्रम तीव्र गतिमा विस्तार हुनुपर्छ

साझाकुरा
२०७९ पुष २९, शुक्रबार ०९:५३

बागमती प्रदेश सरकारले ल्याएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको बताइएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम निकै प्रभावकारी भएको बताइरहँदा यसको विस्तारको दर भने अलि सुस्त पाइएको छ । कार्यक्रमअन्तर्गत् हालसम्म पाँचसय १९ जना नर्सहरुले प्रदेशको विभिन्न पालिकामातहत रहेर विद्यालयहरुमा नर्सि· सेवा दिइरहेका छन् । विद्यालय नर्स कार्यक्रम सुरु भएयता सरकारले सञ्चालन गरेका स्वास्थ्य सम्बन्धी अभियानहरु प्रभावकारी भएको मन्त्रालयले दाबी गरेको छ भने पालिका तहमा पनि यसको प्रभाव राम्रो भएको प्रतिक्रिया पाइएको छ ।

एउटा विद्यालयमा रहेर काम गर्ने नर्सले विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा सम्बन्धी अध्यापन गर्ने, विद्यार्थीहरुलाई लाग्ने ससाना चोटपटकहरुमा प्राथमिक उपचार गर्ने, विद्यार्थीहरुमा दैनिकरुपमा आउने स्वास्थ्य समस्याहरुको समाधानसहित उचित उपचार गर्ने, जटिल समस्या भए तत्काल अस्पताल पठाउने, विद्यार्थीहरुमा आउने शारीरिक तथा संवेगात्मक परिवर्तनबारे जानकारी गराउने, सरकारले विद्यालयतहमा सञ्चालन गर्नुपर्ने स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न पनि विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएको पाइन्छ ।

तर, विद्यालय नर्स कार्यक्रम जति प्रभावकारी भएको प्रचारप्रसार भइरहेको छ, त्यति वृहतरुपमा विद्यालयहरुमा नर्स पठाइएको पाइएको छैन । बागमती प्रदेशका एकसय १९ स्थानीय तहमा जम्मा पाँचसय १९ जना नर्सले दिएको सेवा अझै कमि महसुस भएको छ । पहिलो परीक्षणको रुपमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ल्याएको कार्यक्रम अब देशव्यापी लैजान जरुरी छ ।

प्रदेशमा रहेका पालिकाहरुमा एक पालिकामा चारदेखि ६ जना नर्स राख्दा त स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु प्रभावकारी हुन्छन् भने सबै विद्यालयमा एक÷एक जना नर्स राख्न सकेको खण्डमा यो कार्यक्रम थप प्रभावकारी हुने पक्का छ । त्यसैले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई तीव्ररुपमा देशव्यापी बनाउन जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*