मुख्यमन्त्री जमकट्टेलले भेटे प्रधानमन्त्री
हेटौंडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जमकट्टेललाई बधाई तथा शुभकामना दिएका छन् । भेटको क्रममा प्रधानमन्त्री दाहालले जनतामा नयाँ आशा जागेको भन्दै त्यसलाई पूरा गर्नेगरी काम गर्न मुख्यमन्त्री जम्कट्टेललाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मुन्यमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गरे । प्रचण्डले सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भनेका छन् । संघीय सरकारमा जस्तै बागमती प्रदेश सरकारमा पनि नेपाली कांग्रेस सहितका सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भन्नुभयो, भेटपछि जम्कट्टेलले भने । प्रधानमन्त्री प्रचण्डलाई २७० सांसदमध्ये चित्रबहादुर केसी र प्रेम सुवालबाहेक २६८ सांसदले विश्वासको मत दिएका थिए । सत्ता समीकरण दलहरूसँग छलफलगरेर प्रदेशमा नमूना काम गर्न प्रचण्डले निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ आसा जागेको भन्दै त्यसलाई पूरा गर्ने गरी काम गर्न मुख्यमन्त्री जम्कट्टेललाई निर्देशन दिए ।
सत्ता समिकरण दलहरूसँग छलफल गरेर प्रदेशमा नमुना काम गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । भेटको क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रहरी छिटो समायोजन गरिदिन र संघीय निजामति ऐन तत्काल निर्माण गरेर प्रदेशमा काम गर्न सहज वातावरण निर्माणको लागि अनुरोध गरेका थिए ।