केशवलाल प्रतिष्ठान एनभीए च्याम्पियनसीपको क्वाटरफाइनलमा

साझाकुरा
२०७९ पुष २९, शुक्रबार १०:०१

हेटौंडा- मकवानपुरको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसीपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार दशरथ रंगशालाको भलिबल कोर्टमा भएको खेलमा बुढानिलकण्ठ भलिबल एकेडेमीलाई सोझो ३ सेटले हराउँदै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान क्वाटरफाइनल प्रवेशगरेको हो । प्रतिष्ठानले २७–२५, २५–१८, २५–१६ को सोझो ३ सेटले बुढानिलकण्ठलाई पराजित गर्यो । यस जितसँगै प्रतिष्ठानले ३ खेलबाट ६ अंक जोडेको छ ।

खेलको केल्मी प्लेयर अफ द म्याच बुढानिलकण्ठका विवेक तामाङ घोषित भए । खेल जितेसँगै प्रतिष्ठान दोस्रो चरणमा प्रवेश गर्नुका साथै नेपाल भलिबल संघले आयोजना गर्ने एनभीए लिगमा समेत खेल्न पाउने नेपाल भलिबल संघको भलिबल इन्फरमेसन सिस्टम (भिआइएस)का सदस्य सन्तोष श्रेष्ठले बताए ।अब प्रतिष्ठानले शुक्रबार शसत्र प्रहरी बलको सामना गर्नेछ । खेल दिउँसो २ बजे हुनेछ । एनभिए भलिबल च्याम्पियनसीपको उपाधि विजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । च्याम्पियनसीपको उपाधिको फाइनल खेल माघ १ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*