थाहा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

साझाकुरा
२०७९ माघ ३, मंगलवार ०९:४२

हेटौंडा-थाहा नगरपालिकामा जारी चौथो थाहा गोल्डकप प्रतियोगिताअन्तर्गत् अन्तिम चारको छिनोफानो लागेको छ । इन्द्रायणी खेल मैदानमा भइरहेको गोल्डकप थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको हो । माउन्टेन एफसी, तारुका एफसी, थाहा नगरपालिका तथा पारिजात स्पोर्ट्सले अन्तिम चारमा स्थान बनाएपछि सोमबार सेमिफाइनल समीकरण पूरा भएको हो ।

सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा तारुका एफसीले चन्द्रागिरी स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो । थाहा नगरपालिकाले थाहा पोलिटेक्निकलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । प्रतियोगिताअन्तर्गत् आज मंगलबारदेखि सेमिफाइनलका खेलहरु हुनेछन् ।
पहिलो सेमिफाइनल खेलमा माउन्टेन एफसी र तारुकाबीच हुने आयोजकले जानकारी दिएको छ । आज नै दोस्रो सेमिफाइनल खेल आयोजक थाहा नगरपालिका र पारिजात स्पोर्ट्सबीच हुने आयोजक समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल ५ माघमा हुनेछ ।

गोल्डकप विजेताले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले १ लाख प्राप्त गर्ने भएको हो । विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित पुरस्कार रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*