मुख्यमन्त्री जम्कट्टेलले लिए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०९ जना सहभागी थिए ।
मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १०५ मत आएको छ।बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ । मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ।