थाहा गोल्डकपको फाइनलमा माउन्टेन एफसी र पारिजात भिड्ने

साझाकुरा
२०७९ माघ ४, बुधबार ०९:४७

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा जारी चौथो थाहा गोल्डकपको फाइनलमा माउन्टेन एफसी र पारिजात स्मृति पुस्तकालय भिड्ने भएका छन् ।इन्द्रायणी खेल मैदानमा भइरहेको गोल्डकपको सेमिफाइनलमा जित निकालेसँगै उपाधिका लागि माउन्टेन र पारिजात आमनेसामने हुने पक्का भएको हो । मंगलबार भएको सेमिफाइनल खेलमा माउन्टेन एफसीले तारुका एफसीलाई ५–० गोलको फराकिलो अन्न्तरले
पराजित गरेको हो । मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङले आयोजक थाहा नगरपालिका फुटबल टिमलाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा माउन्टेनसँगको भेट पक्का गरेको हो ।

फाइनल खेल ५ माघ बिहीवार हुने भएको छ । १८ टिमले सहभागिता जनाएको गोल्डकप २६ पुसदेखि सुरु भएको थियो । गोल्डकप विजेताले नगद २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलकुद विकास समिति थाहा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितालाई हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, चन्द्रागीरी हिल्स लिमिटेड, नेपाल बैंक लिमितेड, नेपाल आदर्श निर्माण कम्पनी लिमिटेड, यति ब्रुअरी, च्वाइस नेपाल, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*