रामेछापमा मकवानपुरको भलिबल टिम विजयी

साझाकुरा
२०७९ माघ ६, शुक्रबार ११:२५

हेटौंडा-बागमती प्रदेशको उत्तरी क्षेत्रस्थित रामेछाप जिल्लाको मन्थली नगरपालिकामा भएको भलिबल प्रतियोगितामा मकवानपुरको भलिबल टिम विजयी भएको छ ।नेपाल खेलकुद महासंघ बागमती प्रदेशद्वारा आयोजित भलिबल प्रतियोगिताअन्तर्गत् बिहीवार भएको खेलमा मकवानपुरले काभ्रेपलाञ्चोक भलिबल टिमलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

राजकुमार राईको कप्तानीमा उत्रिएको मकवानपुरले काभ्रेलाई २५–११ र २५–२२ को सोझो सेटमै पराजित गर्न सफल भएको मकवानपुरका प्रशिक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । मकवानपुरले आज शुक्रबार हुने क्वाटरफाइनल खेलमा रामेछापसँग प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए ।

मकवानपुरको भलिवल टिममा कप्तान राईसहित बलराम सुवेदी, विशाल मोक्तान, रमेश थिङ, ओकेश बलामी, सुरेन्द्र गोले, पुजन गुरुङ, सञ्जय थिङ, राजेश घिमिरे र बुद्धिकृष्ण दंगाल रहेका छन् । टिमको प्रशिक्षक श्रेष्ठ रहेका छन् भने व्यवस्थापक नरेन्द्र मोक्तानरहेका छन् । मकवानपुरको टिम बलियो रहेकोले उपाधि जित्न सक्षम रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*