वनस्खण्डी मन्दिरको दान पेटिका चोरी

साझाकुरा
२०७९ माघ ८, आईतवार १३:०६

हेटौंडा- हेटौंडाको धार्मिक पर्यटकीय क्षेत्र हेटौंडा–२, स्थित वनस्खण्डी मन्दिरमा दान पेटिका चोरी भएको छ । मन्दिरको उत्तर पश्चिममा पर्ने खोल्चामा दान पेटिका फुटाएर करिव २० हजार रुपैयाँ चोरी भएको वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका कोषाध्यक्ष राजुराम राउतले जानकारी दिएका छन् । शुक्रवार बिहान २ बजेर १८ मिनेटमा वनस्खण्डी मन्दिर परिसरमा रहेको विन्दवासिनी मन्दिरको दान पेटिका चोरी भएको राउतले बताए । मन्दिरमा रहेको सिसिटिभीमार्फत चोरीको घट्ना प्रष्ट देखिएको र प्रहरीले चोरी गर्नेको अनुसन्धान र खोजी गरिरहेको उनले जानकारी दिए ।

दान पेटिकामा रहेको तीन थान सुनका तिलहरी भने सुरक्षित रहेको उनले बताए । शुक्रवार बिहान मन्दिरका पुजारी मन्दिरमा सरसफाई गर्न जाँदा दान पेटिका फुटाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । चोरीको घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको वनस्खण्डी मन्दिर पर्यटन विकास समिति अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*