सरस्वती पूजामा मामाघरलाई सहयोग

साझाकुरा
२०७९ माघ १३, शुक्रबार ११:५३

हेटौंडा- हेटौंडामा पूर्वसडक बालबालिकाहरुलाई आश्रय दिइरहेको मामाघर नेपाललाई सरस्वती पूजाको अबसरमा सहयोट जुटेको छ ।
सरस्वती पुजाको अबसरमा संयुक्त मधेसी युवा समिति नेपाल मकवानपुरले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको हो । समितिमा आवद्ध मुकेश बनियाँ, रुपककुमार वर्णवाल, पंकज दास, कृष्ण शाह, राहुल दास, बिक्रम दासहरुले सडकमा आश्रित बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल मकवानपुरलाई सहयोग प्रदान गरेका हुन् । उनीहरुले चामल, तेल, इलेक्ट्रोनिक जग, ग्लुकोज, बिस्कुट, चाउचाउ, फुरनदाना, चिउरा, टमाटर, अन्डा, चेस, किताब र पेन्सिल सहयोग उपलब्ध गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*