लायन्स क्लवले ३ दिन आँखा शिविर गर्ने

साझाकुरा
२०७९ माघ १६, सोमबार ०९:४३

हेटौंडा- लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एसले ३ दिन आँखा शिविर सञ्चालन गर्ने भएको छ । सोमबारबाट लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एसले बारा, पर्सा, सर्लाही र मकवानपुर जिल्लाको ८ स्थानमा ३ दिन आँखा शिविर सञ्चालन गर्ने भएको हो । आईतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै लायन्स क्लवले आज सोमबारबाट ३ दिनसम्म विभिन्न ८ स्थानमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

सोमबार बाराको महेश्वपुर, सर्लाहीको हरिवन, माघ १७ गते मकवानपुरको फापरबारी, बाराको भोदाह र इनवसीरा तथा माघ १८ गते मकवानपुरको राक्सिराङ र बसामाडी गुम्बा तथा पर्साको बदन नगर वीरगञ्जमा शिविर हुने भएको छ । शिविरमा करिब ११ लाख रुपैयाँ खर्च हुने जनाएको छ । शिविरबाट करिब १८ सय ५० जना लाभान्वित हुने अनुमान गरिएको छ ।

शिविरमा करिब ४ सय ३० जना मोतियाविन्दुको विरामी भेटिने र उनीहरुको निःशुल्क आँखा शल्यक्रिया गर्ने गरी तयारी गरिएको लायन्सको एरिया चिफ विकेशलाल श्रेष्ठले जानकारी दिए ।शिविरको सहयोगीको रुपमा तेज खोली एण्ड रुइत फाउण्डेशन र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ । आँखाका धेरै विरामी भएको क्षेत्रहरुमा हामीले शिविर गर्न लागेको श्रेष्ठको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*