३ दिने निःशुल्क आँखा शिविर सुरु

साझाकुरा
२०७९ माघ १७, मंगलवार १०:४८

हेटौंडा-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एसले सोमबारबाट ३ दिने निःशुल्क आँखा शिविर सुरु गरेको छ । सोमबार पहिलो दिन बारा जिल्लाको महेशपुर र सर्लाहीको हरिवन नगरपालिकामा आँखा शिविर भएको हो । कार्यक्रम संयोजक अमित शर्माले बाराको महेशपुरमा ३ सय ९१ जनाको आँखा परीक्षण गरिएकोमा ९२ जनामा मोतिविन्दु भेटिएको जानकारी दिए । सर्लाहीको हरिवन नगरपालिकामा भएको शिविरमा ३ सय ३६ जनाको आँखा परीक्षण गरिएकोमा ३६ जनामा मोतिविन्दु देखिएको उनको भनाई छ ।

मोतिविन्दु देखिएकाहरुलाई बुधबार हेटौंडा आँखा अस्पतालमा ल्याइने र बिहीबार शल्यक्रिया गरिने उनको भनाई छ । नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले आँखाको परीक्षण गरिरहेका छन् । मंगलबार मकवानपुरको बागमती गाउँपालिकाको फापरबारी, बारा जिल्लाको भादाह र बाराकै इनवसीरामा शिविर हुनेछ । बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिका, हेटौंडाको बसामाडी गुम्बामा र पर्सा जिल्लाको वीरगंजमा आँखा शिविर हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*