अशोक दर्जीसँगै झुमे हेटौंडेली

साझाकुरा
२०७९ माघ १७, मंगलवार ११:०२

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा भइरहेको व्यापार मेलामा बाल कलाकार अशोक दर्जीसँगै हेटौंडेली झुमेका छन् ।
सोमबार हेटौंडा–१० टिसिएन चौरमा जारी महोत्सवमा बाल गायक अशोक दर्जीको प्रस्तुतीमा हेटौंडेली झुमेका हुन् । मन विनाको धन ठुलो की धन विनाको मन भन्ने गीतमा दर्जीसँगै दर्शकहरु झुमेका थिए । गायक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकीको प्रस्तुतीमा मेला भर्न आएका दर्शकहरु रमाएका हुन् ।

गायक बुढाथोकी र दर्जीले करिव एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । उनीहरुले चौरीको चाम्रो छुर्पी, रुपै मोहनी नारायण, तिम्रो फोटो देखाई देखाई, कसरी कसरी, टिकटकमा देखेको, बाआमा भनेका जिउँदा देवता हुन, कोही डाक्टर बोलाइदेउन र तोरी तेल लाएर कपाल कालो भो जस्ता करिव एक दर्जन गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए । महोत्सवमा गायक प्रदिप त्रिपाटी र गायिका मञ्जु पौडेलले पनि आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।

हेटौंडेली कलाकार सुलेमान शंकर ईकुले कमेडी प्रस्तुत गर्नुको साथै बेली डान्सर अस्मिता पुरीले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा मंगलबार गायिका अस्मिता अधिकारी, लोक गायक खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहने महोत्सवका कलाकार मनोरञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिए । महोत्सवमा चर्चित गायक प्रकाश सपुतको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । आइतबार महोत्सवमा गायिका रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ र स्याण्टअप कमेडियन सिता न्यौपानेले आफ्नो प्रस्तुती दिएका थिए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ ।

हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल, डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्टिूक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत बिक्री वितरण भइरहेको संघका महासचिव दिपक उप्रेतीले जानकारी दिए । ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*