फुटबल एकेडेमी सञ्चालन गर्दै उपमहानगर

साझाकुरा
२०७९ माघ १८, बुधबार ०९:३०

हेटौंडा-हेटौंडा उपमहानगरपालिकालाई फुटबल एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । कार्यपालिका बैठकले फुटवल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधी–२०७९ स्वीकृत गरेसँगै उपमहानगरपालिकालाई फुटबल एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको हो । फुटबलका खेलाडी उत्पादनको लक्ष्य सहित एकेडेमी सञ्चालन गर्ने तयारी थालेको छ ।

फुटबलका लागि उर्वर भूमिको रुपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलको विकास र प्रवद्र्धनका लागि उपमहानगरपालिकाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको छ ।कार्यविधी स्विकृतीसँगै नगरमा खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ ।

स्थानीय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधी स्विकृत गरेको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । कार्यविधी स्वीकृतीसँगै उपमहानगरपालिकामा आवासिय सुविधासहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । कार्यविधी अनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समुहका महिला तथा पुरुष खेलाडी मध्य अव्वललाई छनौंट गरी एकेडेमीमा राखेर खेल कौशललाई थप निखारता दिइने बताइएको छ ।

पारित कार्यविधी अनुसार उपमहानगर क्षेत्रका हरेक वडाबाट १÷१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अव्वल खेलाडी सहित ४५ जनालाई क्लोज क्याम्पमा राखेर नियमित प्रशिक्षण सहित आवास, खानपान, शिक्षा र स्वास्थ्य उपचार सुबिधा सहित एकेडेमी सञ्चालन गरीने उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

एकेडेमीमानगरका ४५ जना महिला तथा पुरुष खेलाडीलाई आवासिय सुविधा सहित प्रशिक्षण गराउनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि ७५ लाख रुपियाँ रकम विनियोजन गरेको छ । पारीत कार्यविधीअनुसार मकवानपुर जिल्ला फुटबल संघसंँगको सहकार्यमा उपहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि निर्देशन दिनेछ ।

कार्यविधि पास भएसँगै अब जिल्ला फुटबल संघ मकवानपुरसँग फुटबल एकेडेमी सञ्चालनका लागि औपचारीक सम्झौताको काम अघि बढाउने तयारीमा उपमहानपालिका रहेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार फुटवल खेलको उर्वर भूमिको रुपमा रहेको मकवानपुरमा सञ्चालन हुने एकेडेमीबाट उत्पादन हुने खेलाडीले राष्ट्रिय स्तरमा नाम कमाउन सक्ने विश्वास उपमहानगरले लिएको छ ।

जिल्लामा हुने दुई वटा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत स्थानीय टोलिमा बाहिरका अव्वल मानिएका खेलाडि समावेस गराउन पर्ने बाध्यतालाई एकेडेमी सञ्चालन पछि समस्या टर्ने विश्वास उपमहानगर पालिकाले लिएको प्रवक्ता न्यौपानेको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*