श्रीमद् भागवत वृद्धाश्रमलाई खाद्यान्न सहयोग

साझाकुरा
२०७९ माघ १८, बुधबार ०९:३५

हेटौंडा- सामुदायिक रेडियो रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवको साताव्यापी कार्यक्रमअन्तर्गत श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । रेडियोले आफ्नो १३ औ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

हेटौंडा–१७ मा रहेको बृद्धाश्रमलाई मंगलबार बिहान एक कार्यक्रमकाबीच चामल, दाल, तेल, सावुन लगायतका सामग्री सहयोग गरिएको छ । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएकोे कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा वडा अध्यक्ष दाहालले बृद्धाश्रमलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रेडियोले बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गरेर समाजमा योगदान पु¥याएको भन्दै उनले प्रशंसा गरे । रेडियोका अध्यक्ष पराजुलीले सामुदायिक रेडियोको कर्तव्य पूरा गर्न लागिपरेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा सदस्य एवम् बृद्धाश्रमका सचिव नवराज न्यौपाने, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलाल लगायतले मन्तव्य व्यक्तगरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा सदस्य विजय पौडेल, बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाल, आबाल ब्रम्हचारी नारायण स्वामी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका कार्यसमिति सदस्य बालगोपाल कंडेल, लगायतको आतिथ्यता रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार रेडियोकै प्रा·णमा रक्तदान, १९ गते बाल अधिकार विषयमा विद्यालयस्तरीय कविता प्रतियोगिता, २० र २१ गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा निःशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन, सामुदायिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।

कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमश ः नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा समाजमा योगदान पु¥याएका दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान प्रदान गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*