१० करोडको कारोवार गर्दै सकियो हेटौंडा महोत्सव

साझाकुरा
२०७९ माघ २४, मंगलवार १०:०२

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा–१० टीसीएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सोमबारबाट सकिएको छ ।
माघ ११ गतेबाट सुरु भएको महोत्वसव सोमबारबाट सकिएको हो । महोत्सवमा १० करोडको कारोबार भएको संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले जानकारी दिए । महोत्सव अवधिभर करिब एक लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको अर्यालको भनाइ छ । महोत्सवका संयोजक एवम् संघका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको प्रमुख आतिथ्यतामा सोमबार महोत्सवको समापन गरिएको थियो ।

समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले मकवानपुर जिल्लाको व्यापार प्रबद्र्धनमा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सफल भएको बताए । उनले बेला बेलामा हुने यस्तो महोत्सवले बजारमा नयाँ बस्तु तथा सेवाको प्रबद्र्धनमा ठूलो टेवा पूग्ने बताए ।संघका पूर्वअध्यक्ष केशव श्रेष्ठ, भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, निर्वतमान अध्यक्ष कृष्ण कटुवालले संघले हरेक कार्यकालमा एउटा मेला आयोजना गरेर व्यापारी तथा उद्योगीहरुलाई आआफ्नो बस्तु तथा सेवाको प्रबद्र्धन गर्ने उचित थलो उपलब्ध गराउँदै आएको बताए ।

मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनले महोत्सवमा जिल्लाका स्थानीय क्षेत्रमा उत्पादित बस्तुहरुको उचित प्रबद्र्धन भएकोमा खुशि व्यक्त गरिन् । उनले बजारमा पाउने तयारी सामानको बजारीकरण त सधैं हुँदै आएको छ तर, गाउँमा उत्पादन भएको अर्गानिक बस्तुको उचित प्रबद्र्धन हुन पाएको छैन । गाउँमा उत्पादन भएको रैथाने बस्तुको प्रबद्र्धनमा मेला सफल भएको उनको ठम्याई छ ।हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवम् १ नं. वडा अध्यक्ष सविन न्यौपानेले हेटौंडामा महोत्सव आयोजना गर्न धेरै संस्थाले अनुरोध गरेपछि उद्योगी व्यवसायीको छाता संस्था मउवा संघलाई महोत्सव गर्ने अनुमति प्रदान गरिएको भन्दै महोत्सवले उद्देश्य हासिल गरेकोमा खुशी व्यक्त गरे ।

महोत्सवले व्यापार प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, स्थानीय कलाकारहरुको कला प्रष्फुटन तथा राष्ट्रिय कलाकारहरुबाट भरपुर मनोरञ्जनका साथै कृषि उत्पादनको बजारीकरणमा सघाएको बताए । हेटौंडा उपमहानगरको पर्यटन र व्यापार प्रबद्र्धनमा महोत्सव सफल भएको भन्दै उनले आगामी दिनमा निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको बताए ।कार्यक्रममा हेटौंडा ११ नम्बर वडा अध्यक्ष जुना दाहालले महोत्सवमा महिलाद्वारा उत्पादित हस्तकलाको उचित प्रबद्र्धन भएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा हेटौंडा ७ नम्बर वडाध्यक्ष दामोदर गौतम, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, संघका सल्लाहकारहरु तथा विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।समापन कार्यक्रममा महोत्सवका प्रायोजक, सहप्रायोजक, सहयोगी हातहरु सम्पूर्ण संघसंस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो । सोमबार युवा पुस्तामा चर्चित
रहेकी गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुति दिएकी थिइन् । गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो सांगीतिक प्रस्तुति दिँदै दर्शक नचाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*