आजदेखि मकवानपुर गोल्डकप

साझाकुरा
२०७९ माघ २८, शनिबार १०:५२

हेटौंडा- हेटौंडामा आज शनिवारदेखि पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ सुरु हुँदैछ ।हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्ले क्याम्पा रंगशालामा हुने गोल्डकपको उद्घाटन खेल मकवानपुर–११ र सिमराको नवजनजागृति युवा क्लबबीचहुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जानकारी दिएको छ ।
१० फागुनसम्म हुने प्रतियोगितामा आयोजक मकवानपुर–११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब , फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा र एभिनियर एफसी क्यामरुनसहित १० वटा टोलीको सहभागिता रहने भएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले प्रतियोगिताको सबै तयारी सकिएको बताए । शुक्रबार पनि पिप्ले क्याम्पाको रंगशाला मर्मत कार्य जारी थियो । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले गर्ने भएकी छन् । प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । यसअघि उक्त बुलेट बाइक मकवानपुरका खेलाडीलाई दिईदै आएकोमा यसवर्षदेखि सबै खेलाडीबाट सर्वोत्कृष्ट चुनिने जनाइएको छ ।

प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा हुने प्रतियोगितामा करिब डेढ करोड खर्च हुने आयोजकको अनुमान छ । २०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११, २०७७ मा तेस्रो संस्करण र चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*