३ नम्बर वडालाई बकैया कपको उपाधि

साझाकुरा
२०७९ माघ २९, आईतवार १०:२१

हेटौंडा- बकैया गाउँपालिकामा आयोजना भएको चौथो बकैया कप फुटबल प्रतियोगिताको उपाधि ३ नम्बर वडाले उचलेको छ । बकैया–७, भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ३ नम्बर वडाले ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराएको हो । ३ नम्बर वडाका तर्फबाट कप्तान छेवाङ लामाले २ गोल र आयुष नेगीले १ गोल गरे । ७ नम्बर वडाले गोल गर्ने केही मौका पाए पनि समुदपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको थियो । उपाधि जितेको ३ नम्बर वडाले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । उपविजेता बनेको ७ नम्बर वडाले भने १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ३ नम्बर वडाका सुजन गुरु चुनिएको आयोजक बकैया खेलकुद विकास समितिले जानकारी दिएको छ । गुरुले नगद १० हजार रुपैयाँ पाए । प्रतियोगिताको उदीयमान खेलाडी ३ नम्बर वडाका रोमन घलान, उत्कृष्ट गोलरक्षक ३ नम्बर वडाकै बिक्रम नेगी, डिफेन्डर ७ नम्बर वडाका राउल राई, उत्कृष्ट मिडफिल्डर ७ नम्बर वडाका दावा भोलन र प्रतियोगिताभर ७ गोल गरेका वडा नम्बर ३ का कप्तान लामा सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरुले जनही ५–५ हजार रुपैयाँ पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*