बागमती प्रदेशमा लागू भयो ७० अंक प्रणाली
हेटौंडा बागमती प्रदेशमा ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र परीक्षा उत्तीर्ण (लाइसेन्स ट्रायल पास) हुने व्यवस्था मंगलबारदेखि लागू भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भक्तपुरमा रहेको यातायात व्यवस्था कार्यालय र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सतुंगलस्थित ट्रायल सेण्टर ठूलो भ¥या· कार्यालयबाट ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र उत्तीर्ण हुने व्यवस्थाको शुभारम्भ गरेका हुन् ।कुनैपनि परीक्षामा सत्प्रतिशत अंक ल्याउँदामात्र उत्तीर्ण हुन पाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै मन्त्री श्रेष्ठले यसले समग्र यातायात क्षेत्रलाई नै समस्यामा पार्ने देखिएपछि आफूले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । सोहीअनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।
सानो त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफूहरुले नयाँ व्यवस्था लागू गरेको मन्त्री श्रेष्ठले बताए । योसँगै अबदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ । फागुन १ गते नै सबै कार्यालयबााट सेवा सञ्चालन गर्ने भनिए पनि सार्वजनिक बिदा परेकोले मंगलबारबाट सेवा सुरु गरिएको लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मंगलबारबाट चाबहिल, राधेराधे, ठूलोभ¥याङ र हेटौंडास्थित कार्यालयबाट ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू भएको छ । एकान्तकुनामा केही व्यवस्थापकीय कार्य पूरा नभएकोले केही दिन पछिमात्र यो व्यवस्थाबमोजिम ट्रायल परीक्षा सुरू गरिने जनाइएको छ ।
यसअघि प्रदेशका तत्कालीन श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ३ पटकसम्म लागू गर्न खोजेपछि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए । प्रदेशको वर्तमान श्रम, रोजगार तथा यातायात मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै यो प्रणाली लागू गर्न तदारुकता देखाएका थिए । उनकै पहलमा मंगलबारबाट प्रदेशभर यो प्रणाली लागू भएको हो ।
यसअघि पुस २० गते बुधबारबाट यो प्रणाली लागू गर्ने तयारी थियो तर, प्रदेशको तत्कालीन मुख्यमन्त्री पाण्डेले तेस्रोपटक उक्त प्रणाली कार्यान्वयन हुनबाट रोकेका थिए । बागमती प्रदेशको सरकारको तत्कालीन श्रम, रोजगार तथा यातायात मन्त्री दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरू पुस २० गते बुधबारबाट ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारणलागू हुँदाहुँदै फेरि रोकिएको बताएका थिए ।
गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको थियो । यसअघि असोज २ गते र मंसिर १८ गतेबाट उक्त प्रणाली लागू गर्ने भनिए पनि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो । नेपालका ४ वटा प्रदेशमा लागू भइसकेको प्रणाली बागमतीमा मात्रै पटक–पटक हस्तक्षेप गरेर पाण्डेले रोकेको आरोप छ ।मन्त्री दाहालले मुख्यमन्त्री सँगको सल्लाहमा नै शुरुवातमा उक्त प्रणाली कार्यान्वयन गर्न खोजिएको भन्दै उक्त बेला हुन्छ भनेर सहमति दिएका पाण्डेले पछि पटक–पटक सो प्रणाली लागू गर्न रोकेका थिए । यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन । यो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने यातायात मन्त्रालयको दाबी छ । प्रणाली लागू गर्ने विषयमा तत्कालीन मुख्यमन्त्री पाण्डे र मन्त्री दाहालबीच मनमुटाव चलेको थियो ।
यो प्रणालीमा कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कूल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर, ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ ।
निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यू–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ ।अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रे सवारी चालकलाई ¥याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारी साधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याड्ढनलाई १० अंकभार तोकिएको छ ।
मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिनेछन् । प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर, ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ ।
साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुईँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यू–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ ।
निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक
परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो (¥याम) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याड्ढनलाई १० अंकभार तोकिएको छ ।