रास्वपा केन्द्रीय सदस्यमा कंशाकार

साझाकुरा
२०७९ फाल्गुन ३, बुधबार ११:४६

हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मकवानपुरकी बिन्दबासिनी कंशाकार चयन भएकी छन् । रास्वपाको सोमबार बसेको बैठकले कंशाकारलाई केन्द्रीय सदस्य मनोनित गरेको हो । कंशाकारसँगै १६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । कंशाकार मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सूचीमा पनि थिइन् । बिन्दबासिनी १० वर्षअघि एसिड आक्रमणबाट पीडित भएकी थिइन् । त्यसयता उनी सामाजिक कार्यमा अग्रसर छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*