मकवानपुरे क्याप्टेन सुनार बिएम ब्लास्टरमा अनुबन्ध

साझाकुरा
२०७९ फाल्गुन ४, बिहीबार ११:१९

हेटौंडा- मकवानपुर क्रिकेट टिमका क्याप्टेन सुमन सुनार चितवनको बिएम ब्लास्टरमा अनुबन्ध भएका छन् । हेटौंडा–१९ बस्तीपुरका सुनार फागुन २३ गतेदेखि चितवनमा सुरु हुने प्रथम इस्टर्न क्रिकेट एकेडेमी टि–२० लिगका लागि चितवनको बिएम ब्लास्टरमा क्याप्टेनको रुपमा अनुबन्ध भएका हुन् । सुनारले विगतमा राष्ट्रियस्तरको प्रधानमन्त्री क्रिकेट कप, बागमती प्रदेश कपमा समेत खेलेका छन् । उनलाई प्रतियोगिता अवधिभरि सम्झौता गरिएको छ । इस्टर्न क्रिकेट एकेडेमी टि–२० प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*