हेटौंडामा केपी ओली कपको ब्यानर प्रदर्शन

साझाकुरा
२०७९ फाल्गुन ५, शुक्रबार ११:१७

हेटौंडा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुँदै गरेको फुटबल प्रतियोगिताको प्रचार हेटौंडामा गरिएको छ ।केपी ओली कप फुटबल प्रतियोगिता आयोजक राष्ट्रिय युवा संघ नेपालको जिल्ला शाखाले बिहीवार हेटौंडाको बुद्ध चोकमा ब्यानर प्रदर्शन गरेको हो । केपी ओली कप आगामी फागुन ११ बाट १७ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । एमाले अध्यक्ष ओलीको जन्मदिनको अवसरमा फुटबल प्रतियोगिता गर्न लागिएको हो । बुद्ध चोकमा युवा संघ मकवानपुरले ब्यानर टाँसेको छ । युवा संघको सबै जिल्लामा रहेका कमिटीहरुले सहरी क्षेत्रमा केपी ओली कपको प्रचार कार्यक्रम गरेका छन् । ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा ८ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।

सात दिनसम्म सञ्चालन हुन प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् । यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अन्य खेलहरु एन्फा कम्प्लेक्समा हुने भएता पनि फाइनल खेल रशरथ रंगशालामा गरिने युवा संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*