मकवानपुर गोल्डकपःमनाङ उपाधि नजिक

साझाकुरा
२०७९ फाल्गुन ८, सोमबार ११:५५

हेटौंडा- -याम्पा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङले नेपाल एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । मनाङले अब उपाधिका लागि आज सोमबार हुने क्यामरुनी टोली एभिनियर एसफी र हिमालयन शेर्पाबीचको विजेतासँग १० फागुनमा फाइनल खेल्नेछ । निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि मनाङले एपीएफविरुद्ध ४–२ गोलले पेनाल्टी सुटआउटबाट विजय हासिल गरेको हो । मनाङको जितमा सरोज योञ्जन लामा, भिषण गुरुङ, उज्वेकिस्तानका खेलाडी सिडजामोल डेबुलेशन, आशिष गुरुङले गोल गरे । एपीएफका लागि सुरुवाती दुई प्रहार नवीन लामा र सुदीप शिखाकारले गोल गरे ।

एपीएफको एक प्रहार क्रस बारमा लागेर आकाशियो भने अन्तिम प्रहारलाई राष्ट्रिय टिमका सदस्यसमेत रहेका मनाङका गोलरक्षक समेत दिप कार्कीले रोकेका थिए । सनिष श्रेष्ठको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । मानबहादुर रानाको प्रहारलाई कार्कीले डाइफ हान्दै रोकेपछि मनाङ मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेटभित्र एपीएफ मनाङमाथि हावी देखिएको थियो । एपीएफ र मनाङका थुप्रै प्रहार गोलमा परिणत हुन सकेन् । खेलको २७ औं मिनेटमा मनाङका रोशन राना मगरले हानेको फ्रिकिक क्रस बारमा लागेर फर्किएको अवस्थामा एपीएफका गोलरक्षक राजु नगरकोटीले समाते ।

खेलमा मनाङका गोलरक्षक कार्की म्यान अफी दी म्याच चुनिएका छन् । उनले नगद १० हजार रुपैयाँ पाए । मनाङले क्याटरफाइनल खेलमा आयोजक मकवानपुर–११ लाई हराएको थियो भने एपीएफले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमै रोकेको थियो । प्रतियोगिताअन्तर्गत् आज सोमबार हिमालयन शेर्पा र क्यामरुनी टोली एभिनियर एफसीबीच प्रतिस्पर्धा हुँदैछ । एभिनियर एफसीले बिरगञ्ज युनाइनेटलाई हराएको थियो भने हिमालय शेर्पाले फ्रेण्डस् क्लब काठमाडौलाई पराजित गरेको थियो ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुँदैन् । समापनमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*