हेटौंडामा खुल्यो आधुनिक सुनचाँदी पसल

साझाकुरा
२०७९ फाल्गुन १०, बुधबार १२:५९

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा ‘सुनमा शुद्धता डिजाईनमा आधुनिकता’ भन्ने नारासहित नयाँ सुनचाँदी पसल सञ्चालनमा आएको छ ।आधुनिक सुन चाँदी पसल मंगलबारदेखि सुभारम्भ भएको हो । हेटौंडा–२ पुरानो मकवानपुर रोडमा रहेको आधुनिक सुनचाँदी पसलमा दक्ष कालिगढबाट आधुनिक डिजाइनका गरगहना बनाइने र तयारी गरगहना पनि बिक्री वितरण हुने पसलका प्रोपाइटर राजु सेन्चुरीले बताएका छन् ।सुन चाँदीको मूल्य बढेर गरगहन लगाउन समस्या परेका बेला सुपथ मूल्यमा आकर्षक डिजाइनका गरगहना बनाइने उनको भनाइ छ । सञ्चालक सेन्चुरीका अनुसार आधुनिक सुनचाँदी पसलले पुराना गरगहनाबाट नयाँ डिजाइनका गरगहना पनि तयार पार्ने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*