सिटी कलेजको सप्ताहव्यापी खेलकुद सुरु

साझाकुरा
२०७९ फाल्गुन १२, शुक्रबार ११:०४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५, स्थित हेटौंडा सिटी कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम बिहीबारबाट सुरु भएको छ । कलेजले बिहीवार ३ किलोमिटरको म्याराथन (दौड) आयोजना गरेको छ । म्याराथनमा बीसीए पहिलो वर्षका राहुल ओझैया प्रथम, ओशिष प्रजा द्वितीय र रोहन चौहरी तृतीय भएका छन् । बुद्धचोकबाट सुरु ३ किलोमिटर दूरीको म्याराथनमा ३० जना विद्यार्थीहरु सहभागी थिए ।मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा, सिटी कलेजका संस्थापक रमिता पाण्डे, कलेजका प्रबन्ध निर्देशक रघुनाथ खुलाल, कलेजका प्रिन्सिपल श्रीबहादुर कार्की लगायतको आतिथ्यता थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् बिहीवारबाट ब्याडमिन्टन, चेस, टेबलटेनिस खेलहरु सुरु भएको प्रिन्सिपल कार्कीले जानकारी दिए । उनका अनुसार सप्ताहव्यापी खेलकुद कार्यक्रममा फुटबल, भलिबल, क्रिकेट, स्नोकर, रिले रेसलगायत थुप्रै खेलकुद विद्यामा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । खेलकुद प्रतियोगितामा ११, १२ र ब्याचलर इन आइटीका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*