नयाँ गठबन्धनले अस्थिरता निम्त्याउँछः गुरुङ

साझाकुरा
२०७९ फाल्गुन १७, बुधबार १०:३३

हेटौंडा- नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा ‘मिसन ग्रासरुट’ हेटौंडा उपमहानगरका केन्द्रीय प्रतिनिधि पार्वत गुरुङले नयाँ गठबन्धन मुलुकमा वेथिति, अशान्ति, भ्रष्टाचार, बर्वादी र अस्थिरता निम्याउने दाबी गरेका छन् ।नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडा कमिटीको बैठकमा बोल्दै उनले यस्ता विकृतिको अन्त्य गर्न पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियान पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माणको लागि भएको बताए ।

यसैगरी, पार्टी कमिटी बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव सिंहबहादुर विकले बताएका छन् । पार्टी वडा अध्यक्ष पर्सबहादुर भुजेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका प्रदेश सदस्यहरु कमल विष्ट, ईन्द्रबहादुर स्याङ्तान, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरु सुनिल मुक्तान, मदनकुमार दाहाल, फूर्वा दोर्जे लामा, पार्टी उपमहानगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*