गढीले कोदो र कोदोको पिठो ब्रान्डिङ गर्दै

साझाकुरा
२०७९ फाल्गुन १८, बिहीबार ०९:५३

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले गाउँमै उत्पादित कोदो र कोदोको पिठो ब्रान्डिङ गर्ने तयारी अगाडि बढाएको छ । गाउँपालिकाले कोदो र कोदोको पिठो ब्रान्डिङ तथा लेबलिङ र प्याकेजिङको तयारी गरिरहेको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । बुधवार बसेको मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका बैठकमा र अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा प्याकेजिङका विभिन्न तरिकाहरु नमूनाको रुपमा देखाइएको थियो । जसमा बाक्लो कागजको डिब्बा, पेपरको प्लाष्टिक कोटेड प्याकेट, कपडाको सुर्के थैेली, प्लाष्टिकको प्याकेट, प्लाष्टिकमा साधारण स्टिकर राख्ने रहेको चौधरीले जानकारी दिए ।

रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी–४, कालिखोलामार्फत बजारीकरण गर्ने गरि कालिखोला ब्रान्डको नाममा कोदोको दाना र पिठोको लेबलिङ र प्याकेजिङको तयारी भइरहेको छ । ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको कार्यमा स्टोरी साइकलले प्राविधिक सहयोग गरिरहेको चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*