बिसिङ्खेलले जित्यो उपमेयरकप ब्याडमिन्टन उपाधि

साझाकुरा
२०७९ फाल्गुन २१, आईतवार १२:५३

हेटौंडा-थाहा नगरपालिकामा भएको ‘चौथो उपमेयर ब्याडमिन्टन कप प्रतियोगिता– २०७९’ को उपाधि बिसिङ्खेल ‘ए’ले जितेको छ ।सामाजिक संस्था फरक सोचद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा नरेन्द्र मोक्तान र देवकुमार अर्यालको थाहा–१० बिसिङ्खेल ‘ए’ टिमले ओम नम शिवायका डा. शक्ति
चौरासिया र संग्राम खत्रीको टिमलाई सोझो सेटमा पराजित गरेको हो । १९ फागुनमा भएको सेमिफाइनल खेलमा थाहा–१० ले थाहा नगरपालिका ‘डी’ र ओम नम शिवायले ईलाका प्रहरी कार्यालय ‘ए’लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताअन्तर्गत् ईलाका प्रहरी कार्यालय ‘ए’ले थाहा नगरपालिका ‘डि’ टिमलाई पराजित गर्दै तेश्रो स्थान हासिल गरेको छ ।

प्रथम, द्वितीय र तृतीय हुने टिमहरुलाई नगद पुरस्कार क्रमशः २० हजार, १५ हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी थाहा–१० का देव कुमार अर्याल हुन सफल भए । ‘उन्नत समाजको निर्माण गरौं,सहयोगी भावनाको विकास गरौ’ भन्ने मुल नाराका साथ ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले फरक सोचले प्रतियोगिता आयोजना गरेको हो । खुल्ला मेन्स डबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

आयोजक फरक सोचका संयोजक यादव जंग रायमाझीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, ४ का अध्यक्ष नारायण लामा, नेकपा एमाले नगर सचिव रामकृष्ण बस्नेत, माओवादी केन्द्रका नगर अध्यक्ष विनोदकुमार लामा, थाहा नगर खेलकुद विकास समिति सदस्य सचिव अनिल लामिछाने, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीलगायतको आतिथ्यता थियो ।

शिखर क्लब सहआयोजक रहेको प्रतियोगिताको थाहा नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगिताको प्रथम नगद पुरस्कार ओम अध्याय रिसोर्टले प्रायोजन गरेको छ । दोश्रो नगद पुरस्कार गोर्खा ब्रुअरी र तेस्रो नगद पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको हो । प्रतियोगितालाई पालुङ बहुउद्देश्यीय सहकारी संस्था, महालक्ष्मी बिकास बैंक पालुङ शाखा, प्यासेफिक बचत तथा ऋण सहकारी संस्था, होटल टिस्टुङ कटेज बज्रबाराही, शिव एग्रो भेट थाहा–३ घर्तिखोलाको सहयोग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*