उत्तरी क्षेत्रमा कराते महासंघ गठन

साझाकुरा
२०७९ फाल्गुन २१, आईतवार १२:५६

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा स्थानीय कराते महासंघ गठन भएको छ ।शिखरकोटमा भेलाले कराते खेलाडी रोशन बलामीको अध्यक्षतामा १३ सदस्यीय थाहा नगरपालिका कराते महासंघको गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा किरणकुमार बलामी, सचिव सम्राट बलामी, कोषाध्यक्ष मान सिं दोङ र सदस्यहरुमा इनेश बलामी, सुशील रुम्बा, मल्लिका खत्री, प्रमिला थोकर, बिनिता खत्री, गौरव थापा मगर, सुमित स्याङ्तान, आर्जन भक्त श्रेष्ठ र मेचिना स्याङ्तान रहेका छन् ।
कराते खेलाडी मानसिं दोङको अध्यक्षतामा भएको भेलामा थाहानगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले जिल्ला कराते महासंघको लागि प्रतिनिधिसमेत चयन गरेको छ । जिल्ला महासंघमा रोशन बलामी, मान सिं दोङ, सम्राट बलामी र किरण कुमार बलामीलाई प्रतिनिधि तोकिएको कोषाध्यक्ष दोङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*