हेटौंडामा १२ वर्षपछि बक्सिङको राष्ट्रिय प्रतियोगिता

साझाकुरा
२०७९ फाल्गुन २९, सोमबार ११:१७

हेटौंडा, २८ फागुन÷-क्षित बक्सिङ प्रतियोगिता आयोजनाको तयारी पूरा गरेको छ । हेटौंडा–४, पारिजातपथ स्थित नवनिर्मित कभर्डहलमा ३० फागुनदेखि ‘अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता’ हुन लागेको हो । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा २३ जिल्लाका १७ वर्षदेखि २१ वर्षसम्मका युवा खेलाडीको मात्रै सहभागिता हुने जनाइएको छ । संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । भर्खरै बक्सिङ खेलमा लागेका युवाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागिएको बक्सिङ संघ मकवानपुरका अध्यक्ष दिपेश जोशीले जानकारी दिए ।

‘१२ वर्ष अगाडि जिल्लामा राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता भएको थियो । त्यसपछि अहिले हुँदैछ,’ अध्यक्ष जोशीले भने, ‘मकवानपुरमा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हरेक वर्ष आयोजना गर्छौ ।,’ ४ चैतसम्म हुने प्रतियोगितामा २३ जिल्लाको ३७ क्लबका १ सय ७८ जना खेलाडीहरुको सहभागिता रहनेछ । जसमध्ये १ सय ५० जना पुरुष र महिला खेलाडीको संख्या २८ छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा खेल संचालन हुनेछ । जसमा प्रत्येक तौल समूहका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुने २ खेलाडीले क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

यसैगरी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम, बेष्ट रेफ्री र बेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष जोशीले बताए । बक्सिङका अन्तराष्ट्रिय खेलाडीसमेत रहेका हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेले प्रत्येक खेलको म्यान अफ द म्याचलाई वडा कार्यालयको तर्फबाट ३ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीको सहभागिता रहने संघले जानकारी गराएको छ । प्रतियोगिता यसअघि १५ फागुनदेखि सुरु गर्ने संघको तयारी थियो । तर, प्राविधिक कारणले प्रतियोगिता फागुन अन्तिमलाई सारिएको अध्यक्ष जोशीको भनाई छ ।

मकवानपुरबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेर मेडल प्राप्त गरेका २३ जना खेलाडीलाई सम्मान गरिने अध्यक्ष जोशीले बताए । जसमध्ये आधा दर्जन पूर्वखेलाडीहरु देशबाहिर छन् । बाँकी स्वदेशमै खेल जीवनमै सक्रिय रहेको जोशीले बताए । प्रतियोगिताका लागि करिव ३५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*