मकवानपुर क्याम्पसमा तोडफोड, तीन संगठनद्वारा दुःख व्यक्त

साझाकुरा
२०७९ फाल्गुन २९, सोमबार ११:२३

हेटौंडा, २८ फागुन÷-घ)को एउटा समूहले तोडफोड गरेको छ । नेविसंघको आन्तरिक विवादलाई लिएर संघको एउटा पक्षले आइतबार क्याम्पसको सिसा फुटाउनुको साथै गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् । क्याम्पसमा स्ववियु निर्वाचनका लागि २७ फागुनमा नेविसंघको दुईवटा समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता  गराएका थिए । जसमा नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा पक्षलाई क्याम्पसको निर्वाचन समितिले आधिकारिकता दिएको भन्दै नेविसंघकै भिषण ठकुरी पक्षले तोडफोडसँगै टायर बालेर
विरोध प्रदर्शन गरेको हो । मकवानपुर क्याम्पसमा ठकुरी पक्षले उम्मेदवारी दर्ता गराएको थियो । उक्त उम्मेदवारीलाई सांगठनिक प्रतिनिधित्व नमिल्ने आशयमा निर्वाचन समितिले आइतबार निर्णय गर्दै स्वतन्त्र उम्मेदवारी दिन सक्ने बताएपछि लफडा सुरु भएको हो ।

नेविसंघमा सुवास सापकोटालाई पार्टी जिल्ला समितिले करिब एक महिना अघि भेला राखेर अध्यक्ष बनाएको थियो । ठकुरीलाई भने नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले १९ फागुनमा अध्यक्षको जिम्मेवारी दिएका थिए । त्यसयता नेविसंघभित्रै विवाद चर्किएको थियो । ठकुरी पक्षले आफ्नो समिति आधिकारिक रहेको र निर्वाचन समितिले विभिन्न प्रभावमा सुवास सापकोटा पक्षलाई आधिकारिकता दिएको भन्दै विरोध जनाएको थियो । स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखी क्याम्पसमा संगठनहरुको दुईवटा गठबन्धन र ठकुरी पक्षले छुट्टै उम्मेदवारी दर्ता गराएको थियो ।

गठबन्धनमा एमालेको अनेरास्ववियु, नेकपा एसको अनेरास्ववियु र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको एउटा गठबन्धन बनेको छ । उक्त गठबन्धनमा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति एमालेनिकट अनेरास्ववियुले लिएको छ । अर्काे गठबन्धनमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, कांग्रेसनिकट नेविसंघ र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच गठबन्धन छ ।

जसमा स्ववियु सभापति अखिल क्रान्तिकारीले लिएको थियो ।निर्वाचन समितिले स्ववियु निर्वाचनका लागि संगठन दर्ता नेविसंघका अध्यक्ष सुवास सापकोटाबाट भएको भन्दै आधिकारिकता दिएको थियो । यता, एमालेको अनेरास्ववियु, नेकपा एसको अनेरास्ववियु र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गरेर क्याम्पस तोडफोडको घटनाप्रति ध्यानाकर्षण जनाउँदै दुःख व्यक्त गरेको छ । तीन संगठनले अमर्यादित कार्य नगर्न र नगराउन सचेत गराएको छ । स्ववियु चुनाव ५ चैतमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*