आजदेखि हेटौंडामा बक्सिङको राष्ट्रिय प्रतियोगिता

साझाकुरा
२०७९ फाल्गुन ३०, मंगलवार ११:४५

हेटौंडा- हेटौंडामा १२ वर्षपछि अर्थात् आज मंगलबारबाट बक्सिङको राष्ट्रिय प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा–४, पारिजातपथस्थित नवनिर्मित कभर्ड हलमा ‘अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता’ सुरु हुन लागेको हो ।मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्णतयारी सकिएको बक्सिङ संघ मकवानपुरका अध्यक्ष दिपेश जोशीले जानकारी दिए । प्रतियोगितामा २३ जिल्लाका १७ वर्षदेखि २१ वर्षसम्मका युवा खेलाडीको सहभागिता हुने जनाइएको छ । भर्खरै बक्सिङ खेलमा लागेका युवालाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष जोशीले बताए ।

चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाको ३७ क्लबका एकसय ७८ जना खेलाडीको सहभागिता रहनेछ । जसमध्ये एकसय ५० जना पुरुष र २८ जना महिला खेलाडी सहभागी हु“दैछन् । प्रतियोगितामा पुरुषतर्फ नौ र महिलातर्फ सात वटा तौल समूहमा खेल सञ्चालन हुनेछ ।प्रत्येक तौल समूहका बिजेता, उपबिजेता र सेमिफाइनलमा पराजित हुने २ खेलाडीले क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम, बेष्ट रेफ्री र बेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष जोशीले बताए ।

बक्सिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका हेटौंडा–५ का वडाअध्यक्ष सुशील घिमिरेले प्रत्येक खेलको म्यान अफ द म्याचलाई वडा कार्यालयको तर्फबाट ३ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीको सहभागिता रहने संघले जानकारी गराएको छ ।यसैबीच, मकवानपुरबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेर मेडल प्राप्त गरेका २३ जना खेलाडीलाई सम्मान गरिने भएको छ । प्रतियोगिताका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*