नेपाल सोझै विश्वकप छनौटमा

साझाकुरा
२०७९ चैत्र ३, शुक्रबार ११:३९

हेटौंडा- नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले हराउँदै सोझै विश्वकप छनौटमा पुगेको छ । योसँगै नेपालले आगामी जुन÷जुलाईमा जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनौटमा सिधैं स्थान बनाएको हो ।जितको लागि ३ सय ११ रनको विशाल बिजयी लक्ष्य पछ्याएको युएईले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो। अम्पायरले खेल रोक्दै बेल झारेका थिए । युएईका खेलाडीले भने असन्तुष्ट जनाएका थिए ।

नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्का सहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे । गुलशनले ४२ औं ओभरमा गुलशन झाले मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हान्दै कूल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो ।नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडीआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकीको ३१ औं ओभरको अन्तिम बलमा भीम सार्की एलबीडब्लू आउट भए ।
पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । कुशल मल्ल जुनैद सिद्दिकीको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकीको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडीआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१
रनको साझेदारी गरेका थिए ।आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए । आरिफ जहुर खानको ४० औं ओभरको पहिलो बलमा वृत्य अरविन्दबाट लङअनमा क्याच आउट भएका थिए । युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले
निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

ओडीआईमा नेपालबिरुद्ध विपक्षी टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध त्रिवि खेल मैदानमै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । युएईका आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले । आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए ।

वृत्य सोमपाल कामीको अन्तिम बलमा वृत्य काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।४४ ओभरमा युएई २०८.५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गरे । स्पिनर सन्दीप लामिछानेले १७ औं ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए ।

२३ औं ओभरको अन्तिम बलमा सीपी रिजवान आफ्नै गल्तीका कारण ७ रनमा रन आउट भए । दीपेन्द्रको २७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका आयन खान चोभार एण्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे ।नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*