अल नेपाल नोभिस बक्सिङको आज फाइनल

साझाकुरा
२०७९ चैत्र ४, शनिबार १४:०९

हेटौंडा-हेटौंडामा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा आज शनिवार फाइनल खेल हुँदैछ । फाइनलमा १६ वता तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत् शुक्रबार सबै तौल समूहको फाइनल पुग्ने खेलाडीको टुंगो लागेको थियो । पुरुषतर्फ ४८ केजीमा विश्वास बुढामगर र सञ्जय लामा, ५१ केजीमा प्रविण लिम्बु र प्रवल उप्रेती, ५४ केजीमा विवेक देवकोटा र जीवन महराले स्वर्ण पदकका लागि भिड्ने छन् । पुरुषतर्फ ५७ केजीमा आयुष श्रेष्ठ र आयुष थापा, ६० केजीमा निराजन मुक्तान र सौरव राई, ६३ केजीमा प्रज्ज्वल श्रेष्ठ र सोहल राई, ६७ केजीमा आभाष साह र लाक्पा शेर्पा, ७१ केजीमा निमादोर्जे तामाङ र प्रवेश बस्नेत तथा ७५ केजी तौल समूहमा दर्शन घर्तीमगर र आयुष श्रेष्ठले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फका सातवटा तौल समूहको अन्तिम दुईमा पुग्नेको टुंगो लागेको छ । महिलातर्फ ४८ केजीमा निर्मला आदी, ५० केजीमा झुम्मा भट्ट युजेन शर्मा, ५२ केजीमा मधिका अधिकारी र भावना भण्डारी, ५२ केजीमा प्रतिका शर्मा र आङ्गी शेर्पा, ५७ केजीमा सोनु कपाली र बबिता क्षेत्री तथा ६६ केजीमा निशिका गुरुङ र सहिस्ना विष्टबीच स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १ सय ५० पुरुष र २८ जना महिला गरी १ सय ७८ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी थिए । पुरुषतर्फ ९ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, टिम, रेफ्री र लुजरलाई समेत नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजक बक्सिङ संघका अध्यक्ष दिपेश जोशीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*