बक्सिङमा मकवानपुरलाई स्वर्ण

साझाकुरा
२०७९ चैत्र ५, आईतवार ११:२३

हेटौंडा-हेटौंडामा भएको ‘अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता’को फाइनलमा मकवानपुरले एक स्वर्ण जितेको छ । १६ वटा तौल समूहमा अन्तिम प्रतिस्पर्धा हुँदा मकवानपुरका सोहन राईले स्वर्ण जिते । पुरुषतर्फ साढे ६३ केजी तौल समुहमा नक्सालका प्रज्वल श्रेष्ठलाई पराजित गर्दै मकवानपुरका राईले स्वर्ण जितेका हुन् । शनिवार नै १६ वटै तौल समूहको विजेता टुंगो लागेको छ । प्रतियोगितामा बक्समाण्डु टिम च्याम्पियन भएको छ । बक्समाण्डुले ४ स्वर्ण पदक, ३ रजत र २ कास्य पदक जित्नै प्रतियोगितामा च्याम्पियन बनेको हो । बक्समाण्डुले पुरुषतर्फ २ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको थियो ।

महिलातर्फ २ स्वर्ण, १ रजत र १ कास्य बक्समाण्डुले जितेको हो ।प्रतियोगिताअन्तर्गत् शनिवार भएको फाइनल प्रतिस्पर्धामा पुरुष ४८ केजी तौल समहुमा भाइबका सञ्जय लामालाई पराजित गर्दै अल्फाका विषेश बुढा मगरले स्वर्ण जिते । पुरुष ५१ केजी तौल समुहमा बक्समाण्डुका प्रबल उप्रेतीले एबीसीका रविन लिम्बुलाई पराजित गर्दै स्वर्ण जिते । पुरुष ५४ केजी तौल समुहतर्फ अल्फाका जीवन महरालाई पराजित गर्दै दाङका विवेक देवकोटाले, पुरुष ५७ केजीतर्फ डिजी बक्सिङका आयुष श्रेष्ठलाई पराजित गर्दै बक्समाण्डुका आयुष थापाले र पुरुष ६० केजी तौल समुहतर्फ भाइबका निराजन मोक्तानलाई पराजित गर्दै डिजी बक्सिङका सौरव राईले स्वर्ण जितेका हुन् ।

पुरुष ६७ केजी तौत समुहमा बक्समाण्डुका लाक्पा शेर्पालाई पराजित गर्दै स्वीट्सका आभाषविक्रम शाहले स्वर्ण जित्दा पुरुष ७१ केजीमा निमा दोर्जे लामाले भक्तपुरका प्रवेश बस्नेतलाई पराजित गरेर स्वर्ण आफ्नो नाममा पारे । पुरुष ७५ केजी तौल समुहमा सल्यानका दर्शन घर्ती मगरलाई पराजित गर्दै डिजी बक्सिङका आयुन श्रेष्ठले स्वर्ण हात पारेका थिए । महिला ४८ केजी तौल समुहमा बक्समाण्डुकी पुर्णिमा तामाङलाई पराजित गर्दै अछामकी निर्मला एडीले स्वर्ण जितिन् । महिला ५० केजी तौल समुहमा अछामकी झुमा भाट्टलाई पराजित गर्दै रेजकी युजेन शर्माले, महिला ५२ केजी तौल समुहमा बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै भक्तपुरकी भावना भण्डारीले, महिला ५२ केजी तौल समुहमा थानकोटकी प्रितिका शर्मालाई पराजित गर्दै बक्समाण्डुकी आन्गी शर्माले स्वर्ण जिते ।

महिला ५७ केजी तौल समुहमा ललितपुरकी सोनु कपालीलाई पराजित गर्दै बक्समाण्डुकी प्रिती श्रेष्ठले स्वर्ण जितेकी हुन् । महिला ६० केजी तौल समुहमा एबीसीकी सन्ध्या राईलाई पराजित गर्दै भुमीकी बबीता क्षेत्रीले स्वर्ण जितेका छन् । महिला ६६ केजी तौल समुहमा कास्कीकी निशिका गुरुङलाई पराजित गर्दै रेजकी सहिष्णा विष्टले स्वर्ण जितेका छन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा विजेताहरुलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपाने लगायतले मेडल, प्रमाणपत्र प्रदान
गरेका थिए ।

मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १ सय ५० पुरुष र २८ जना महिला गरी १ सय ७८ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी भएका थिए । पुरुषतर्फ ९ तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*