पालुङ क्याम्पसमा सर्वसम्मत हुनेलाई प्रमाणपत्र

साझाकुरा
२०७९ चैत्र ६, सोमबार ११:२४

हेटौंडा-जिल्लाको उत्तरी क्षेत्रस्थित पालुङ क्याम्पसमा स्ववियु निर्वाचनमा सर्वसम्मत भएका पदाधिकारीदेखि सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।आइतबार क्याम्पसमा आयोजित एक कार्यक्रममा सर्वसम्मत स्ववियु सभापतिदेखि सदस्यहरुलाई निर्वाचन समितिले विजयी भएको प्रमाणपत्र दिएको हो । सभापति पुस्कल श्रेष्ठ, सचिव दिलिप रुम्बा, कोषाध्यक्ष आयाम नापित तथा सदस्यहरुमा मेनुका देउला, मोनिका खत्री र पुष्पा कार्की सर्वसम्मत भएका छन् । यसैगरी, समानुपातिकतर्फ अखिल क्रान्तिकारीबाट सविता केसी, नेबिसंघबाट रोशनी गोपाली र नविना अधिकारी, अनेरास्ववियुबाट सुस्मिता श्रेष्ठ र राप्रबिसंघबाट पुष्पा पाख्रिन पनि सर्वसम्मत भए ।

पालुङ क्याम्पसमा ३० फागुनमा क्याम्पसको निर्वाचन समितिले सबै जनालाई सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । गत शनिवार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको थियो । जसमा निर्वाचनमा भाग लिन दर्ता भएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन बाहेक ४ वटा संगठन मिलेर एकल उम्मेदवारी दिएका हुन् । पालुङ बहुमुखी क्याम्पसमा निर्वाचनमा सहभागी हुन एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), माओवादी केन्द्रको क्रान्तिकारी, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) र राप्रपा नेपाल निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र नेकपा एस निकट अनेरास्ववियूले दर्ता गराएका थिए ।

पालुङ क्याम्पसमा एमाले निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेबिसंघ र राप्रबिसंघको एकल प्यानल बनेको हो । क्रान्तिकारीलाई अध्यक्ष, अनेराववियुलाई सचिव र कोषाध्यक्ष तथा नेविसंघ र राप्रविसंघलाई सदस्य पद बाँडफाँड गरेर चार दलले एकल उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन समिति सदस्य हरिकृष्ण कार्की, क्याम्पस सञ्चालक समिति सदस्य मनोज अधिकारी, निवर्तमान स्ववियु सभापति मुकेश गोलेलगायतले सर्वसम्मत भएकालाई बधाई ज्ञापन गरेका थिए । पालुङ बहुमुुखी क्याम्पसमा संस्थापन स्ववियु सर्वसम्मतीका आधारमा चयन गरिएको थियो भने त्यसपछिको स्ववियु कार्यकाल क्रान्तिकारीले जित्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*