ओभरलोड बोक्ने १०० टिपर कारबाहीमा, ठेकेदारले लेखे प्रजिअलाई पत्र

साझाकुरा
२०७९ चैत्र ६, सोमबार ११:३०

हेटौंडा- मकवानपुरमा सरकारी मापदण्डविपरित ओभरलोड चुनढुंगा बोक्ने १ सय वटा टिपरलाई प्रहरीले कारबाही गरेको छ ।टिपरले ढाला बरार मात्रै चुनढुंगा बोक्न पाउनुपर्ने मापदण्ड छ । तर, मकवानपुरका सिमेन्ट उद्योगको खानी क्षेत्रबाट टिपरले मापदण्डविपरित ढाला भन्दा माथि चुली बनाएर चुनढुंगा ओसार्दै आएका हुन् । विगतदेखि नै राजनीतिक शक्तिको आढमा विभिन्न निर्माण कम्पनीहरुले प्रहरीलाई समेत प्रलोभनमा पारेर चुनढुंगा उत्खनन् गरिरहरको नागरिक समाजको आरोप छ । एक हप्तादेखि टिपरहरु निरन्तर कारबाहीमा परिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार एक हप्ताभित्र मकवानपुरगढी र हेटौंडामा गरेर १ सय वटा टिपर कारबाहीमा परेका हुन् ।

मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको सीमानामा पर्ने शिखरकटेरी नजिक सालक पार्कमा प्रहरीले छड्के चेकिङ गरेर ओभरलोड बोक्ने टिपरलाई
कारबाही गरिरहेको छ । हेटौंडा–११ थानाभ¥याङमा ट्राफिक प्रहरी कार्यालय अगाडि टिपरलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालिएको हो । हेटौंडास्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङ गाउँपालिका र शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका खानी क्षेत्रबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् ।
यसरी, निरन्तर टिपरमाथि कारबाही चलाउने जाँगर प्रहरी आफैंको भने हैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले एकसाता अघि टिपर नियन्त्रण अभियान चलाउने भएपछि बिहानैदेखि ट्राफिक प्रहरी कार्यालय अगाडि टिपर रोकेर कारबाही चलाउन थालेको हो ।

ओभरलोड बोक्ने टिपरमाथि निगरानी बडाउने रास्वपाको घोषणाको भोलिपल्टै प्रहरीले पनि कारबाही सुरु गरेको रास्वपा मकवानपुरका युवा नेता राममणि न्यौपाने बताउँछन् । त्यस यता रास्वपाको युवा दस्ता टिमले सडकमै उत्रिएर टिपर रोक्ने कार्य निरन्तर गर्न थालेपछि प्रहरी बाध्य भएर कारबाहीमा उत्रनु परेको न्यौपानेको दाबी छ ।रास्वपाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ओभरलोड बोक्ने टिपर नियन्त्रणमा नआए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरीले निरन्तर टिपरमाथि कारबाही गरेको हो । यसरी, ओभललोड बोक्ने टिपर भटाभट कारबाहीमा पर्न थालेपछि भने चुनढुंगा उत्खनन् गर्दै आएका निर्माण कम्पनीहरु भने रुष्ट बनेका छन् ।

दुवै सिमेन्ट उद्योगका लागि चुनढुंगा उत्खनन् र ढुवानीको जिम्मा लिएका बानियाँ निर्माण सेवा प्रालि, मोर्डन इन्फ्रास्टक्चर प्रालि, मोतिदान कन्ट्रक्सन प्रालि र बागमती विन्द्यबासिनी कन्ट्रक्सन प्रालिले भने प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेलाई शान्ति सुरक्षा र व्यवसाय गर्ने वातावरण बनाइदिन निवेदन दिएका छन् ।
यतिसम्म कि निर्माण कम्पनीले ओभरलोड बोक्न नपाएपछि रास्वपा पार्टीलाई स्वार्थ समूहको संज्ञा दिएको छ । प्रजिअ पाण्डेलाई बुझाएको पत्रमा ठेकेदारले मुख्यतः दुई वटा विषयलाई जोड दिएका छन् । पहिलो, शान्ति सुरक्षा माग गर्दै व्यवसाय गरी खान पाउनुपर्ने माग छ । दोस्रो, ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्न आवाज उठाउने रास्वपा पार्टीलाई स्वार्थ समूहको आरोप लगाउँदै भौतिक कारबाहीसम्मको धम्की दिइएको छ ।

चुनढुँगा आपूर्ति गर्ने जिम्मा लिएका कम्पनीले प्रजिअसमक्ष बुझाएको पत्रमा स्वार्थ समूहले अनेक बाहना गरी खानीजन्य सामग्री ढुवानी गर्ने सवारीसाधनलाई अवरोध पु¥याएको आरोप छ । उनीहरुले स्वार्थ समूहले कानुन हातमा लिन खोजेको भन्दै जुनसुकै बेला मुठभेड हुन सक्ने भन्दै भौतिक कारबाहीको धम्की दिएका छन् ।तर, ट्राफिक प्रहरीले भने कारबाहीमा परेका टिपरहरु कानुनविपरीत ओभरलोड बोकेकाले सजायको भागिदार भएको जनाएको छ । मकवानपुरका निमित्त ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष पोख्रेलले एक हप्ताभित्र १ सय वटा टिपर कारबाहीमा परेको बताए । उनले रास्वपा पार्टीले भन्दा पहिला ट्राफिकले ओभरलोड बोक्ने टिपरमाथि कारबाही सुरु गरेको बताए ।

उनकै भनाईलाई आधार मान्दा पनि, ठेकेदारले प्रहरीलाई स्वार्थ समूह भने वा रास्वपा पार्टीलाई त्यो भने गर्भभित्रकै विषय छ । निमित्त ट्राफिक प्रहरी प्रमुख पोख्रेलले टिपरले ढाला बराबर मात्रै ढुंगा बोक्न पाउने मापदण्ड रहेको बताए । राक्सिराङको खानी क्षेत्रबाट आउने टिपरहरु दुई दिनदेखि नचलेको पोख्रेलले जानकारी दिए ।प्रजिअलाई ठेकेदारहरुले लेखेको पत्रमा ओभरलोड बोक्न पाउनु पर्ने माग राखिएको रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले बताए । ‘व्यवसाय गर्ने वातावरण बनाइदिनु भनेको छ । हामीले टिपर नै नचलाउ भनेको हैन, कानुनअनुसार ढाला बराबर मात्रै बोक, गाउँबस्तीमा डर, त्राश बनाउन पाइंदैन भनेको हो ।

कानुनअनुसार चलाउ भन्दा व्यवसाय नै रोकेको जसरी व्यवसाय गर्ने वातावरण बनाइदिनु प¥यो भनेको ओभरलोड बोक्न पाइराखौं भन्न खोजेको हो,’ पराजुलीले भने । रास्वपाले सडक तथा मानववस्तीमा असुरक्षा भएकाले सरकारी मापदण्डअनुसार मात्रै चुनढुंगा उत्खनन् गर्न आवाज उठाएको अध्यक्ष पराजुलीले बताए । मोतिदान कन्ट्रक्सनका सुकदेव गौतमले भने ढाला बराबर ढुंगा बोकेका टिपरलाई पनि अप्ठ्यारो पारेकोले प्रजिअलाई पत्र लेखेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*