मकवानपुरगढी कठिन जीतसँगै अन्तिम चारमा

साझाकुरा
२०७९ चैत्र ७, मंगलवार १२:२७

हेटौंडा-हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा मकवानपुरगढी गाउँपालिका विजयी भएको छ । मकवानपुरगढीले जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकाविरुद्ध कठिन जीत निकालेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको खेलमा जीत निकाल्न मकवानपुरगढीले सडनडेथसम्म पुग्नप¥यो । निर्धारीत समयभित्र १–१ को बराबरी खेलेका मकवानपुरगढी र इन्द्रसरोबरले पेनाल्टी सुटआउटमा पनि ५–५ गोल गरेका थिए । सडनडेथमा मकवानपुरगढीले जीत निकाल्दै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो । गढीले अब मनहरी र बागमती गाउँपालिकाबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

इन्द्रसरोबरले अग्रता जोगाउन नसक्दा हार व्यहोरेको छ । इन्द्रसरोवरका अरुण शाहले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा मकवानपुरका विकास तितुङले गोल गर्दै खेल बराबरीमा पु¥याए । पेनाल्टी सुटआउटमा मकवानपुरबाट सुजन भोम्जन, विवश थिङ, सञ्जित घिसिङ, सुरेन्द्र नेपाली र अनिष घिसिङले गोल गरे । इन्द्रसरोबरका लागि सुवास पाख्रिन, विकास लामा, विजय लामा, सुरज लामा र दीपक लामाले गोल गरे । सडनडेथमा मकवानपुरगढीका विकास तितुङले गोल गर्दा इन्द्रसरोबरका अरुण शाहको प्रहार भने गढीका गोलरक्षकले रोके । खेलको म्यान अफ द म्याच गढीका कप्तान सुजन भोम्जन घोषित भए ।

म्यान अफ द म्याच भोम्जनलाई बागमती प्रदेशकी सांसद लक्ष्मी श्रेष्ठले ट्रफी प्रदान गरेकी थिइन् । प्रतियोगिता अन्र्तगत आज मंगलबार थाहा नगरपालिका र बागमती गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुने जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले जानकारी दिए । अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता ११ चैतसम्म हुनेछ । प्रतियोगिताको आयोजना जिल्ला समन्वय समिति मकवानपुर र व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको हो । प्रतियोगिता अन्तर्गत् सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*